आज नवलपरासी, रुपन्देही र कपिलबस्तु बन्द

 २० पुस,नवलपरासी । नेकपा माओवादीले आज आव्हान गरेको अवध राज्य बन्दको प्रभाव विहानैदेखि परेको छ ।
बन्द आज विहान ६ बजेदेखि सांझ ४ बजेसम्म आव्हान गरेको माओवादीले जनाएको छ । नेकपा माओवादीका नेता तथा अवध राज्य समिति सदस्य शैलेश तिवारीको प्रहरी हिराशतमा शंकास्पद मृत्युको बिरोधमा नेकपा माओवादी अबध मधेश राज्य समितिले बन्दको आव्हान गरेको हो।
पार्टी महाधिवेशन तयारीको प्रचार प्रसारका क्रममा रुपन्देहीको रोहणिहवा पुगेका तिवारीको प्रहरी हिराशतमा भएको मृत्यु को सत्यतथ्य सार्बजनिक हुनुपर्ने दोषी प्रहरीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ । 
नेकपा माओवादीले अबध राज्य समितिले आज नवलपरासी रुपन्देही र कपिलबस्तु बन्द आब्हान गरेको हो ।  
बन्दका कारण नवलपरासी, रुपन्देही र कपिलवस्तुमा यातायात, शैक्षिक संस्था तथा बजारहरु बन्द रहेका छन् । 
बन्दको पुर्ब सन्ध्यामा माओवादीले हिजो सांझ तीन जिल्लाका बिभिन्न स्थानमा मसाल जुलुस समेत निकालेको जनाएको छ ।
यसैबीच बन्द गराउन हिडेको नेकपा माओवादीको दुई जना कार्यकर्ता आज विहान बुटवलबाट पक्राउ परेका छन् । 

कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger