मिथिलेश यादव, लहान, पुस १७ - लहानबाट ९ किलोमिटर पश्चिम धनगडी गाविस -९ मा एक युवतीमाथि सामुहिक वलात्कार भएको घटना सार्वजनिक भएको छ। सोमबार साँझ गाउँकै चौरीमा सोही ठाउँका दुई युवकले साह थरकी युवतीमाथि सामुहिक बलात्कार गरेको घटना आज बिहान सार्वजनिक भएको छ। डा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार, सोमबार साँझ युवतीमाथि सामुहिक बलात्कार भएको सुचना आएपछि प्रहरी टोली घटनास्थल पठाइएको थियो। पीडित युवतीले पहिचान गरेको अभियुक्त फरार रहेको लहान प्रहरीले जनाएको छ।
'युवतीसँग बयान लिइएको छ,' खतिवडाले भने, 'आज स्वास्थ्य परिक्षणका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लगिँदैछ। सिरहामा तीन दिनमा एक नवविवाहिता महिला र एक युवती गरि दुई महिला वलात्कारको सिकार भएका छन्।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment