३ माघ
एक्लै बस्नु ज्यादै दुखद हुन्छ ,,,यो भनाई अहिले बैज्ञानीकहरुले पनि स्विकारेका छन् । यदि लामो जिन्लगी चहानुहुन्छ भने एकलै रहने महिला र पुरुषले छिट्टै जीबन साथी खोज्न शुरु गर्नुहोला । किनकी एक अध्यनबाट पत्ता लागेको छ कि एक्लै बस्ने महिला र पुरुषको तुलनामा बैवाहीक बन्धनमा बाँधीएका मानीस लामो समय सम्म ज्यूँछन् । समाचारपत्र द टेलीग्राफमा प्रकाशीत एक समाचारका अनुसार यो कुरा खुलासा भएको छ कि यस्तो महिला या पुरुष जो बैवाहीक बन्धनमा बाँधीएका छन अथवा लामो समयसम्म संबन्ध कायम गरेका छन् उनिहरु एक्लै रहने भन्दा धेरै दिन बाँच्छन् ।
अमेरीकाको ड्यूक युनिभर्सिटी अफ अमेरीकाका अनुसन्धानकर्ताले बताएका छन कि यदि ब्यक्तित्व र ब्याबहारमा नजर लगायौ भनेँपनि त्यसमा पनि जिबन जिउनुमा बैवाहीक स्थिीतीको प्रभाव बढि देखीन्छ । अध्यनका अनुसार बिवाह गरेका मान्छे या स्थायी संबन्ध संबन्ध बनाएका मान्छे लामो समय यसकारण जिउँछन कि उनिहरुलाई आँफ्नो जिबनसाथीबाट भावनात्मक सहयोग मिल्छ जुन लामो समय जिउनको लागी महत्वपूर्ण भूमिका निभाउँछ ।
यो अनुसन्धानमा संलग्न डा.ईलीने सिग्लर र उनका सहयोगीले आँफूहरुको यो हस्य पत्ता लगाउन १९४० मा जन्मिएका ४ हजार ८ सय २ जनासँग सोधपुछ गरेको बताए । उनिहरु मध्ये एकल बस्नेहरु चाँडै संसारबाट बिदा हुने गरेको डा.ईलीनेले बताईन । यस अध्यनबाट जिबनसाथी हुने मान्छेहश्रुको मानसीक अवस्था पनि एकल बस्ने तुलनामा ठिकठाक हुने खुलासा भएको छ
0 comments:
Post a Comment