बलात्कार वृद्धि


बर्दिवास, ३ माघ । महोत्तरी जिल्लामा बलात्कारका घटनामा वृद्घि भएको पाइएको छ ।
 
चालु आर्थिक वर्षको बितेको अर्धवार्षिक अवधि (२०६९ साउनदेखि पुस मसान्तसम्म) मा छ वटा बलात्कारको घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।               
 
त्यसअघि २०६८ माघदेखि २०६९ असारमसान्तसम्म सातवटा बलात्कारको घटना प्रहरी कार्यालयमा दर्ता भएको जिप्रका महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।
 
यसअघि २०६७ माघदेखि २०६८ पुस मसान्तसम्म एक वर्षको अवधिमा आठवटा बलात्कार घटना प्रहरीमा दर्ता भएका जिप्रका महोत्तरीले जनाएको छ । 
 
पछिल्लो एक वर्ष (२०६८ माघदेखि २०६९ पुस मसान्तसम्म)मा बलात्कारको घटनामा अवोध बालिकासमेत परेका प्रनि खड्काले बताउनुभयो । एक वर्षका १३ वटा घटनामध्ये १० वटा घटनाका आरोपीहरु फरार रहेका र तीनवटा घटनाका आरोपी पक्राउपछि कारबाहीको क्रममा रहेका प्रहरीले जनाएको छ ।
 
पछिल्लोपटक भारतको दिल्लीमा सामुहिक बलात्कारको घटना भएसँगै मुलुकका विभिन्न ठाउँमा भएका यस्ता जघन्य अपराधविरुद्घ लगातार कडा कारबाहीको मागगर्दै आन्दोलन भइरहेकैबीच जिल्लामा तीनवटा बलात्कारका घटना भएका प्रहरीले पुष्टि गरेको छ ।  
 
बलात्कारी पक्राउ परेर कारबाहीकै क्रममा रहेकाबेलामा समेत लगातार यस्ता घटना वृद्घि भइरहनुले घटनाको सुक्ष्म विश्लेषण र मनोवैज्ञानिक अनुसन्धानको आवश्यकता देखिएको समाजशास्त्रीको धारणा छ ।
 
बलात्कारविरुद्घ कानुनी कारबाही नहुनु र राजनीतिक भनसुनका आधारमा प्रहरीले सजिलै आरोपीलाई छाडिदिने गरेकाले यस्ता जघन्य अपराध नियन्त्रण हुन नसकेका जिल्लाकै भङ्गाहा–१ का बासिन्दा एवम् समाजशास्त्री शिवराज दाहालले बताउनुभयो ।  
 
बलात्कारीले चाँडै उन्मुक्ति पाउनुसँगै पछिल्लो पुस्ता इन्टरनेटलगायत वैज्ञानिक प्रविधिबाट अश्लिल सामग्री हेर्न, चलाउन अभ्यस्त हुँदै गएपछि बलात्कारका घटना नियन्त्रणमा चुनौति थपिएको समाजका प्रवुद्घजनको भनाइ छ ।
 
जिल्ला प्रहरीसमेत समाजका पाका व्यक्तिहरुको यो धारणासँग सहमत  देखिएका छन् । बलात्कारविरुद्घको कारबाही फितलो भयो भन्ने जनगुनासो प्रति असहमत भएपनि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले बलात्कार बढाउन इन्टरनेटको प्रयोग र अश्लिल सामग्रीको प्रदर्शन भने सहयोगी बनेको स्वीकार गर्नुभयो ।
 
समाजमा गम्भीर चुनौतिको रुपमा देखिएको यो समस्या नियन्त्रण गर्न प्रहरी र राजनीतिक दलहरुसँग दरिलो इच्छाशक्ति हुनुपर्ने बुद्घिजीवीले औंल्याएका छन् । रा

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger