लन्डनमा हेलिकप्टर दुर्घटना, दुई कार र घर क्षतिग्रस्त

लन्डन, माघ ३ (एजेन्सी) - लन्डनमा एउटा हेलिकप्टर क्रेनलाई ठक्कर दिँदै भूईमा विस्फोट भएको भएको छ। भक्सेलमा दुर्घटना भएको हेलिकप्टरबाट धुवाको मुस्लो उडेको प्रत्यक्षदर्शीले जनाएका छन्। रिपोर्टअनुसार हेलिकप्टमा एकजना सवार थिए। लन्डन फायर ब्रिगेडका अनुसार विस्फोटमा परी दुई कार पनि क्षतिग्रस्त भएका छन्। 
टेलिभिजन फुटेजका अनुसार वन्डवर्थ सडक अवरुद्ध भएको देखिएको छ। क्रेन नै कारमाथि बज्रिएको हुनसक्ने बताइएको छ। स्थानीय समयअनुसार बिहानको ८ बज्नुअघि नै दुर्घटना भएको पत्रिका वितरक राज कुमारले जनाए। उनले भने, ‘हेलिकप्टर क्रेनमा ठोक्कियो र भूइमा झर्न ३० सेकेन्डजति लाग्यो।'
लन्डनको यातायात कार्यालयले दुर्घटनाको पुष्टी गरेको छ। दुर्घटना भएको भवनको क्रेनसँगै भवनको केही भाग झुन्डिन पुगेकोफ छ। 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger