कृषि व्यवसाय प्रवद्धन तथा बजार विकास निर्देशनालयले देशका विभिन्न ठाउँमा संकलन गरेको मूल्यसूचीमा तरकारीमा अस्वाभाविक मूल्यवृद्धि देखाएको छ । तर, थोक बिक्रेतासम्म ल्याउने पहिलो बिचौलियाले किसानलाई दिने मूल्यको यकिन तथ्यांक निर्देशनालयसँग छैन् ।
बिचौलिया र केही व्यापारीले किसानलाई उचित मूल्य नदिएको निर्देशनालयले पनि स्वीकारेको छ । मूल्य संकलनका क्रममा केही किसानसम्म पुग्दा व्यापारीले नै किसानलाई प्रलोभनमा पार्ने गरेको निर्देशनालयका कृषि अर्थविज्ञ श्याम मिश्रले बताएको खबर नयाँ पत्रिकाले छापेको छ । उनले भने ‘किसानलाई त व्यापारीले फकाउनेसमेत गरेका रहेछन् ।’ उनका अनुसार पहिले नै मल-बिउको खर्च दिएर पहिलो बिचौलिया र थोक व्यापारीले किसानबाट सस्तोमा तरकारी खरिद गर्ने गरेका छन् ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment