सहज निकास नखोजिए बन्दुक उठाउने बैद्यको चेतावनी


१६ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले गोलमेच सम्मेलनबाट सहज निकास नखोजिए बन्दुक उठाउने चेतावनी दिनु भएको छ ।
पार्टीको नेवाः राज्यको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा बैद्यले भन्नुभयो-’जनताका समस्या समाधान गर्ने नाममा पुरानै ढङ्गले जाने हो भने जनता चुप लागेर बस्दैनन्, अर्को पटक बन्दुक उठ्छ, कसैले रोकेर रोकिन्न ।’ पुरानै तरिकाले जनताका समस्या सम्बोधन गर्न नसकिने भन्दै उहाँले क्रन्तिकारी शक्तिहरु एक भएर क्रान्तिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको सातौं महाधिवेशनमा जनतासामु प्रतिबद्धता जनाएर आफ्नो पार्टी अघि बढ्ने जानकारी दिँदै उहाँले सहिद, घाइते योद्धाका आकांक्षा र जनताका चाहनालाई पार्टीले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।
नेता हितमान शाक्यले १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौताको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै नयाँ सहमति गर्न सकेमात्र समस्याको निकास निस्कन सक्ने धारणा राख्नुभयो ।
महाधिवेशन भोलिसम्म चल्ने छ । एक्काइस वर्षपछि पार्टीको सातौं महाधिवेशन आउँदो पुस २५ देखि २९ सम्म काठमाडौँमा हुँदैछ ।
source> online khabar . com 
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger