रोकिएन महिला हिंसा : बिन्दु ठाकुरको हत्यामा परिवारकै हात


  - बारा प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको हत्या उनकै परिवारका सदस्यको संलग्नतामा भएको प्रहरीले ठहर गरेको छ ।
सोमवार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय बाराले बिन्दुका बुबा रामा ठाकुरले बिन्दुको हत्या गरि शव आगोले जलाएर घर नजिकैको बाँसघारीमा लगेर फालेको पुष्टि भएको बताएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी निरिक्षक रामनाथ घिमिरेले बिन्दुको घरमै हत्या गरेर घर नजिकैको बाँसघारीमा लगेर जीउमा मटिटतेल छर्केर आगो लगाइएको बताउनुभयो । बिन्दुको शव जलाउनका लागि प्रयोग गरिएको मटिटतेलको भाँडा घर भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको र विन्दुको शव रहेको ठाउमा विन्दुका बुबा रामाको टर्च लाईट भेटिएको प्रहरी निरिक्षक घिमिरेले बताउनुभयो ।
गाँउकै एक युवकसंग प्रेम सम्बन्ध राखेको निहुमा रामा ठाकुरले आफनो छोरी बिन्दुको हत्या गरेको प्रहरीको भनाइ छ । विन्दुको परिवारले भने ट्युसन पढ्न गएका बेला अपरिचत ब्यक्तिले विन्दुको हत्या गरेको दावी गरेपनि प्रहरीले घटनामा परिवारको संलग्नता हुनसक्ने आशंकामा विन्दुका बाबु रामा ठाकुरलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger