रुपन्देही, माघ ३ – रुपन्देहीको हर्नैया गाविसमा मंगलबार राती दुई महिलाको हत्या भएको छ ।
स्थानीय २८ वर्षिय वसन्ती थारु र ३४ वर्षिय आरती लोधको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
हत्या गरी स्थानीय खेतमा फालिएको अवस्थामा मंगलबार राती उनीहरुको शब फेला परेको प्रहरीले बताएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिनुभयो ।
आरती लोधका श्रीमान विदेशमा छन् भने वसन्तीका श्रीमान बिरामी रहेको र उनका दुई जना छोरा छन् ।
0 comments:
Post a Comment