लादेनको फिल्मले अमेरिकामा तहल्का

लादेनको फिल्मले अमेरिकामा तहल्का
3
अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनलाई खोज्न थालिएको अभियानमा बनेको फिल्मले अमेरिकी बक्स अफिसमा पहिलो तीन दिनमा साढे २ करोड डलर कमाएको छ । लादेनको मृत्यु सन् २०११ मा पाकिस्तानको एटबाबादमा भएको थियो । अमेरिकी सेनाले चलाएको विशेष अभियानमा लादेन मारिएका थिए । ‘जीरो डार्क थर्टी’ले अमेरिकामा सातामा सबैभन्दा धेरै कमाई गरेको छ ।
दोस्रो नम्बरमा ‘ए हन्टेड हाउस’ छ । निर्देशक क्याथरीन बिगेलोको फिल्म ‘जीरो डार्क थर्टी’ गत साता मात्र ओस्कार अवार्डको पाँच विधामा मनोनित भएको छ भने आइतबार गोल्डन ग्लोब अवार्डमा जेसिका चेस्टेनले यही फिल्मका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।
क्याथरीनको अघिल्लो फिल्म इराक युद्धमा आधारित थियो र यसले ६ विधामा ओस्कार अवार्ड जितेको थियो । सोधपुछलाई आक्रामक रुपमा प्रस्तुत गरिएको भन्दै फिल्मको अमेरिकामा आलोचना समेत भएको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger