सेक्सी डीजेले नेपाल नचिन्दा…


ferrariकाठमाडौ, पुस १७ – नाम चलेका सेलिब्रेटीको कमजोरी : उनीहरु फ्यान त कमाउँछन् तर उनीहरुको चित्त पनि दुखाइरहन्छन् । विश्वकै सेक्सी डीजे भनी नाम कहलिएकी रसियाली सुन्दरी  मारिया फरारीले पनि नेपालीहरुको मन दुखाएकी छन् ।
माउण्ट एभरेष्टको देशमा न्यू इयर इभ मनाउन आउँदैछु भन्दै आफ्ना प्रशंसकलाई हौस्याएकी फरारीले आफ्नो ट्वीटर र फ्यान पेजमा लेखेको वाक्यले भने उनको अज्ञानता प्रष्ट्याउँछन् ।
उनले आफू पहिलो पटक तिब्बत नेपालमा आफ्नो प्रस्तुती देखाउन जान लागेको भनेर लेखेकी छिन् । युरोपका पार्टीहरुमा निकै कम लुगा लगाएर डीजेइङ गरेकाले चाडै चर्चित बनेकी यी सुन्दरीको यो वाक्यले नेपाली फ्यानको चित्त दुखाएको छ । उनको स्टाटसमा कमेन्ट गर्दै हरिसा साहले लेखेका छन्,’नेपाल र तिब्बत फरक हो ।’त्यसपछिका आफ्ना स्टाटसमा भने उनले नेपालमा जान लागेको उल्लेख गरेकी छिन् । नयाँ बर्षमा नेपाल तताउन सोमबार आइपुगेकी उनले मंगलबार बिहानसम्म ह्यात होटलमा डिजेइङ गरिन् ।
सन् २००७ देखि डिजेइङ सुरु गरेकी फरारीले आफ्नो कामुक प्रस्तुतीका कारण व्यस्त डीजेको पंक्तीमा उभिएकी हुन् कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger