पारसका लागि नेपाल पनि असुरक्षित


१८ पुस, काठमाण्डौं । पूर्वयुवराज पारस शाहले नेपाल छाडेको लामो समयपछि आफुले नेपाल छाड्नुको कारण र थाइल्याण्डमा बस्नुको रहस्य खोलेका छन् । नेपालका एक सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वयुवराज पारसले नेपाल छाड्नुको रहस्य खोलेका हुन् ।
उनले नेपालमा राजतन्त्र अन्त्य भएपछि राजतन्त्र नै भएको मुलुकमा रहने आफ्नो भित्री चाहानाअनुसार थाइल्यान्डलाई राजेको बताएका छन् ।
‘नेपालको बसाई मेरा लागि त्यति सुरक्षित छैन, थाइल्याण्ड राजतन्त्र जीवित रहेको देश भएका कारण यहाँको बसाइलाई निरन्तरता दिएको हुँ’ पारसले भने । गत आइतबार ४१ औ जन्मोत्सव मनाउनेक्रममा पारसले राजतन्त्र खोज्दै आफु थाइल्याण्ड पुगेको बताएका हुन् ।
थाइल्यान्डमा रहेका गैरआवासीय नेपालीसँग राम्रो सम्बन्ध बनेको भन्दै सबै नेपाली स्वदेश फर्किए आफूपनि र्फकने प्रतिबद्धता जनाएको खबर राजधानी दैनिकले छापेकोक छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger