कांग्रेसको चुनाव प्रचार कार्यालयबाट मदिरा बरामद

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको चुनाव प्रचार प्रसार समितिको कार्यालयवाट प्रहरीले आइतवार साँझ ठुलो परिमाणमा मदिरा बरामद गरेको छ । स्थानीय मतदाताहरुलाई वितरण गर्ने उद्देश्यले मदिरा कार्यालयको घरमा गोदाम गरि राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको मदिरा अन्तशुल्क छलेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षेत्र नं ४ का काग्रेस उम्मेदवार देबेन्द्रराज कँडेलको चुनाव प्रचार प्रसार समितिको कार्यालयवाट उक्त मदिरा बरामद गरिएको हो ।
रामग्राम नगर समिति वडानं २ को चुनाव प्रचार प्रसार समिति र स्थानीय महेन्द्र गुप्ताको घरवाट गरि कुल २ सय २५ कार्टुन मदिरा बरामद भएको प्रहरी नायब उपरिक्षक -डीएसपी) सञ्जिव शर्माले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव प्रचार समितिको कार्यालय वाट १ सय ४२ र गुप्ताको घर वाट १ सय ८३ कार्टुन मदिरा बरामद भएको छ ।
अन्तशुल्कको स्टिकर र मदिराको लेवल समेत नराखिएको उत्तल मदिरा सुनवल गाविस ३ मा रहेको सुन्दरी डिष्टिलरीवाट उत्पादित हो । उक्त डिस्टिलरीका संचालक कांग्रेसकै समानुपातिक उम्मेदवार अर्जुनकुमार पोखरेल हुन् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger