Tuesday
September 17

अबैध कल बाइपास गर्ने ४ जना पक्राउ

काठमाडौ, असोज १ – अबैध कल वाइपास गर्ने ४ जनालाई प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले गोरखा ताकुमाझ लाकुरीबोटका रामचन्द्र थापा, हंशपुरका हरि रेग्मी, खरिबोटका युवराज तामाङ र लमजुङ बिचौरका भोजराज दवाडीलाई पक्राउ गरेको हो ।
थापा तनहुँ, रेग्मी गोरखा तथा तामाङ र दवाडी काठमाडौको मनमैजुबाट पक्राउ परेका हुन् । उनीहरुले तनहुँको ब्यास नगरपालिका १० मा रामचन्द्र श्रेष्ठको घरमा अबैध रुपमा कल बाइपास सञ्चालन गर्ने गरेको सिआइबीले जनाएको छ ।
त्यसैगरी उनीहरुले गोरखा सदरमुकामको सतीपिपलमा कल वाइपासका लागि प्रयोग हुने उपकरण लुकाएको प्रहरीले फेला पारेको छ ।
प्रहरीले तनहुँ र गोरखामा लुकाएको ठाउँबाट अबैध कल वाइपासका लागि प्रयोग हुने ल्यापटप, स्मार्टसेलको ८ सय भन्दा बढी सिमकार्ड, ब्याट्री, इन्भर्टर, राउटर लगायतका सामानहरु पनि बरामद गरेको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger