३१ भदौ, एजेन्सी । मुम्बईमा प्रहरीले एक व्यक्तिलाई सडकमा बसेर चिया पिइरहेको आरोपमा पक्राउ गरेको छ । शंकास्पद ढंगले सडक किनारमा बसेर चिया पिएको भन्दै उसलाइ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कोहलपुरमा चिया पिइरहेका एक व्यापारीलाई पक्राउ गरी अदालत पेश गरेपछी यो घटना सार्वजनिक भएको हो ।
प्रहरीले अदालत पेश गरेपछि पक्राउ परेका व्यक्तिका वकिलले सडकमा बसेर चिया पिउनु कुनै अपराध नभएको बताएपछी अदालतले पनि उनको कुरा समर्थन गर्दै चिया जहाँ बसेर पिए पनि अपराध नहुने भन्दै उनलाई उन्मुक्ति दिएको छ । अदालतले चिया पिउनुका कारण र समय हुन्छन्, तर शंस्कास्पद तरिकाले चिया पिएको आरोप लगाउनु चाही उचित नभएको बताएको छ ।
सडक किनारमा रहेको रेष्टुरेन्टका मालिक ४९ वर्षीय विजय पाटिल आफ्नो रेष्टुरेन्ट अगाडिको सडक किनारमा चिया पिएर बसिरहेको अवस्थामा प्रहरीले देखेपछी उनलाई शंस्कास्पद तरिकाले चिया पिएको भन्दै पक्राउ गरेको थियो ।

(h) :D HAHAHAHA
ReplyDelete