माओवादीको बन्दले पश्चिमाञ्चलको जनजीवन प्रभावित

पोखरा, भदौ ३१ – नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण पश्चिमाञ्चलका १६ वटै र मध्यपश्चिमाञ्चलका ५ वटा जिल्लाको जनजीवन प्रभावित भएको छ ।
३३ दलीय मोर्चाले मंसिर ४ गते तोकिएको संविधान सभा निर्वाचन पछाडि सार्न तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चल बन्दको आव्हन गरेका हुन् ।
बन्दका कारण विहानैदेखि पोखरा र आसपासका क्षेत्रमा पूर्ण प्रभाव परेको छ । यसक्षेत्रमा कुनैपनि लामो तथा छोटोदुरीका सवारी साधन चलेका छैनन भने बजार र पसल पनि बन्द छन् । विहानी सत्रका सबै स्कूल तथा क्याम्पसहरु पनि बन्द छन् ।
बन्द सफल पार्न भन्दै विहानैदेखि बन्दकर्ताहरु पोखराका चोकचोकमा खटिएका छन् । बन्दमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यस्तै, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, बाग्लुङ, पर्वतलगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ ।
३३ दलीय मोर्चाले संविधान निर्वाचनको सुनिश्चितताका लागि गोलमेच गर्न, संविधानको ग्यारेन्टी गर्न, खिलराज रेग्मी सरकारको राजिनामा लगायतका माग समेत राखेको छ ।
बन्दको क्रममा पर्यटकिय गाडी, प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, पानी ट्यांकरलगायतका अत्यावश्यक सवारी साधन भने निर्वाध रुपमा चल्न दिईने नेकपा–माओवादी कास्की जिल्ला ईन्चार्ज सावित्री दुराले जानकारी दिनुभयो । विहान ६ बजेदेखि आह्वान गरिएको बन्द साँझ ५ बजे सकिने नेकपा–माओवादीले जनाएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger