चापाकोट कास्कीको दोस्रो पूर्ण खोप गाबिस

पोखरा २८ अहिलेसम्म गाबिसका सबै गर्भवती महिलाले पनि पूर्ण खोप लगाईसकेको उनले बताएका छन् । गाबिसको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय, चापाकोट उपस्वास्थ्य चौकीको अग्रसरतामा पूर्ण खोप गाबिस घोषणा गरिएको हो । स्थानिय राजनितिक दल, महिला स्वयंसेविका तथा सरोकारवालाहरुको भेलाले पूर्ण खोप गाबिस घोषणा गर्ने निर्णय गरी गत साउन २४ गतेदेखि एक सतासम्म गाबिसका सबै वडामा तथ्याङक संकलनको काम भएको थियो ।चापाकोट कास्कीको दोस्रो पूर्ण खोप गाबिस घोषणा भएको छ । कास्कीका स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेलले आज जिल्लाको दोस्रो गाबिसको रुपमा चापाकोटलाई पूर्ण खोप घोषणा गरेका हुन् । गाबिस अन्तर्गतका ९ ओटै वडामा रहेका पाच सय ६४ घरधुरीका एक बर्ष मुनीका ८० जना बालबालिकालाई खोपको मात्रा पु¥याईएको गाबिस सचिब युवराज पौडेलले जानकारी दिए ।जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको अनुगमन पछि पूर्ण खोप गाबिस घोषणा गरिएको पौडेलले बताए यसअघि गत साउन ३० गते सराङकोट कास्कीको पहिलो पूर्ण खोप गाबिस घोषणा भएको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger