![]() |
| फाइल फोटो |
काठमाडौं, २९ भदौ । आज भदौ २९ अर्थात् राष्ट्रिय बाल दिवस देशैभर विविध कार्यक्रम गरी मनाईंदै छ । ‘बालबालिकाको कुरा सुनौं : बाल दुब्र्यबहार अन्त्य गरौं’ भन्ने मूल नारासहित राष्ट्रियस्तरमा यो दिवस मनाईंदै छ ।
यसै अवसरमा आज महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनामा राजधानीको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै बालबालिकाका क्षेत्रमा क्रियाशील विभिन्न गैरसकारी संस्थाहरुले पनि आज देशैभर विभिन्न कार्यक्रम, सभा, गोष्ठी, अन्र्तक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरी यो दिवस मनाउँदै छन् ।
विश्वमा सन् १९८९ नोभेम्बर २० तारिखका दिन पारित भएको बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ तारिखका दिन हस्ताक्षर गरी लागू गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको भदौ २९ गते देशमा राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।
बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले १८ वर्ष भन्दा मुनिकालाई बालबालिकाको सुचीमा राखेको छ भने नेपालको कानून अनुसार १६ वर्ष भन्दा मुनिकालाई बालबालिका भनिन्छ ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १६ वर्ष मुनिका बालबालिकाको संख्या कुल जनसंख्याको झण्डै ४० प्रतिशत रहेको देखाएको छ । ती मध्ये ५ हजार बालबालिकाकाले सडकमा जीवन बिताईरहेका छन् भने ५ देखि १७ वर्ष उमेरका ७७ लाख बालबालिका मध्ये ६ लाख बढी बालबालिका निकै जोखिमपूर्ण कार्यमा संलग्न छन् । त्यस्तै यही उमेर समुदायका करिब ४० प्रतिशत बालबालिका श्रमिक रहेको तथ्यांकले देखाएको छ ।
बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा प्रतिबद्धता जनाउने हरेक मुलुकले बालबालिकाको आधारभुत आवश्यकता गाँस, बास, कपास, खोप, स्वस्थ्य जीवनयापन लगायतको ग्यारेन्टी गर्नुपर्छ भने उनीहरुको विकास र संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने महासन्धीमा उल्लेख छ ।
-Source:Hamrakura


0 comments:
Post a Comment