
अघिल्लो वर्षको भ्यालेन्टाइन दिवसको अवसर पारेर चुम्बन प्रतियोगिता आयोजना गरिएको हो । यसमा प्रत्येक जोडी लामोभन्दा लामो समयसम्म निरन्तर किस खाएर उपाधि जित्न भिडेका थिए । नियमअनुसार केटा र केटीले एक–अर्कालाई माउथ किस वा टङ किस गर्नुपर्ने थियो । गाला वा अन्य कुनै अंगमा गरिने किसलाई मान्यता दिइएको थिएन ।
चिनी पनि धेरै खाएपछि तीतो हुन्छ भन्ने उखान यहाँ पनि लागू भयो । एक–अर्काबीच जतिसुकै आकर्षण भए पनि धेरै जोडी आधा घन्टापछि नै थाकेका थिए । ६३ जोडीले भाग लिएको प्रतियोगितामा विजेतालाई एक क्यारेटको हिराको औँठी पुरस्कार दिइयो । त्यसका साथै सबैभन्दा नौलो शैलीमा किस गर्ने जोडीले आइप्याड उपहार पाए ।
दुई घन्टा ४३ मिनेटसम्म किस गर्ने जोडी विजेता घोषित भएका थिए । अर्कोतर्फ विजेता हुने होडमा लगातार किस गरिरहँदा थुप्रै केटी थकानले बेहोस हुन पुगे । त्यसैले केही युवकले प्रतियोगिताबाट आफ्नी प्रेमिकालाई लिएर सोझै अस्पताल जानुपरेको थियो । अनि, थुप्रै केटाले केटीलाई जुरुक्कै बोकेर किस खाने गर्दा उनीहरूको पनि हालत खराब भयो । सबैभन्दा सिर्जनशील चुम्बनको पुरस्कार हात पार्न धेरै जोडीले अनौठा–अनौठा विधि अपनाए ।
0 comments:
Post a Comment