क्षेत्र नं. ७ अन्तर्गत मंगलबार विराटनगर–५ स्थित इकाइमा पार्टीको चुनावी घरदैलो चल्दै थियो। घरदैलोमा पुगेकी थिइन्, एमाले उम्मेदवार यशोदा अधिकारी।
महिला भएको नाताले यसपालि जिताउनुहोस् भनी अंगालो मार्दै पुगेकी थिइन् अधिकारी।
स्थानीय ८० वर्षीया बृद्धा धुमादेवी खनालले अंगालो छुटाएर बेस्सरी हकारिन्।
'भत्ता दियौ तिमीहरूले? के तातोपानी लाउन सकेका छौ र भोट हाल्ने?,'
बृद्धा कडि्कइन्, 'तीन चार पटक भोट हालिसकें, खै के भो मलाई?'
'तपाईंकी छोरी चेली म केही गर्छु' भन्नेबाहेक उम्मेदवार अधिकारीसँग केही जवाफ थिएन।
उनी बृद्धाबाट अग्गिइन्।
उनी पर पुग्दासमेत बृद्धाले कराउन छाडिनन्। 'म बूढीलाई अहिलेसम्म मुख चलाउने खुराकी भत्ता पनि दिएका छैनन्,' धुमादेवीले गुनासो गरिन्, 'अब किन भोट दिन्थेँ र।'
जेठा छोरा शम्भु छुट्टिएर बसेका रहेछन्। कान्छा दिनेश काठमाडौंमा रोजगारी गर्छन् रे। खेतीपाती केही नभएकी यी बृद्धालाई त्यतिमात्रले हैन, बर्खामा घरै डुब्नेगरी जम्ने पानीले झन् सताएको रहेछ।
'यसैगरी भोट माग्न आउँछन्, बाटोघाटो बनाइदिन्छु भन्छन्,' उनी भन्छिन्, 'जितेपछि कहिल्यै फर्केर आउँदैनन्।'
सोही ठाउँकै अर्को एक घरमा पुग्दा उम्मेदवार अधिकारीले अर्की महिलाबाट यस्तै जवाफ खप्नुपर्यो। 'भोट दिएर के पाउनु र मैले,' ७० वर्षीया ती बृद्धा फुदनी शर्माले भनिन्। अधिकारीले 'एक भोट है' भन्नासाथ उनले यसो भनेपछि त्यतिकै फर्किनुपर्यो।
चौधरी, यादव, राजवंशी, गिरी जातिको बसोबास रहेको यो गाउँमा फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारबाहेक सबै उम्मेदवार पुगिसकेका रहेछन्।
क्षेत्र नं. ७ मा यसपाला गच्छदार र कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला चुनावी मैदानमा छन्।
यी 'हेभीवेट' उम्मेदवारको कडा चुनौतीमा परेकी अधिकारी आफ्नो उम्मेदवारी महिला हकअधिकारको पक्षमा रहेको बताउने गरेकी छिन्।
त्यस्तै, कुनै पनि राजनीतिक पार्टीमा मोरङबाट यसपालिको चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार नरहेकोले आफूलाई 'साझा उम्मेदवार'का रूपमा प्रस्तुत गर्ने गरेकी छिन्।
२०५१ सालको ९ महिने एमाले शासनकालमा 'लोकप्रिय' बनेको बृद्धाभत्ता अहिलेसम्म आइपुग्दा विराटनगरकै समुदायले पाउन सकेका रहेनछन्। एमालेको कोसेली भनेर बृद्धबृद्धा यो भत्ताले मुख रसाउन 'नरिवल–मिश्री' किन्थे र रमाउँथे।
५१ सालको सरकारको लोकप्रियता २०५६ सालसम्म रहँदा आम निर्वाचनमा एमाले दोस्रो स्थानसम्म आइपुगेको थियो।
एमालेले यो क्षेत्रमा आफ्ना कमिटिहरू सक्रिय रहने गरेको बताउने गरेको छ। स्थानीय निकायको चुनाव नहुँदा जनप्रतिनिधि गाउँमा नखटिएकाले धेरैजसो बृद्धबृद्धाले एमालेका नेताकार्यकर्तामाझ भत्ता नपाएको गुनासो गर्छन्।
'सबैतिर व्यक्तिगत समस्या नै सुनाउँछन्,' उम्मेदवार अधिकारी भन्छिन्, 'बाटोघाटो, पानी, भत्ता र महिलामाथिका समस्या नै बढीजसो आउने गरेका छन्, मैले जितेपछि समस्या समाधान गर्दिन्छु भन्ने गरेकी छु।' उनलाई मात्र हैन प्रायःजसो उम्मेदवारलाई स्थानीयले संविधान नबनेको भन्दा पनि आफ्ना समस्या बढी सुनाउँदा रहेछन्।
एमाले मोरङ क्षेत्र नं. ९ का उम्मेदवार घनश्याम खतिवडा भन्छन्, 'धेरैको साझा कुरा व्यक्तिगत समस्या नै रहेछ, र विगतमा पनि संविधान बनाउन नसकेकाले किन भोट दिने भनेर प्रश्न गर्छन्।'
यो क्षेत्रमा यसपालि प्रमुख दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेबाट स्थानीय तहमा लोकप्रिय बनेका खतिवडा, कांग्रेसका डिकबहादुर लिम्बू र एकीकृत माओवादीका नेता वर्षमान पुन चुनावी प्रतिस्पर्धामा छन्। पुनलाई 'पाहुना उम्मेदवार'को आरोप लागेको छ। स्थानीय तहमा लोकप्रिय बनेका नेतासँग पुन चुनौतीका रूपमा लड्दैछन्।
---------------------------------
समाचार स्रोत : सेतोपाटी

![]() |
एमाले उम्मेदवार यशोदा अधिकारीसँग कडि्कँदै बृद्धा । तस्बिर : खिलानाथ/सेतोपाटी |

0 comments:
Post a Comment