मेरो मन मा उब्जिएका शुभकानाका शब्दहरु !

मेरो मन मा उब्जिएका शुभकानाका शब्दहरु !
जब म 4/5 बर्ष को थिए होला दशैं सुन्दैमा रमाइलो लाग्थ्यो ! हुन पनि किन नहोस्  दशैं आएपछि गाउँ नै दङ्ग  रंग अनि उमङ्ग तथा केटाकेटी त्यसै फुरुङ्ग हुने ,यस्तैमा रमाउथ्यो ! आज भन्दा 18 बर्ष अगाडिको कुरा हो यो! सबै विदेश गएका दाजुभाई हरु गाउँ फर्किने अनि चम्राली पिंग , रोटे पिंग , चंगा अनि के के हो के के रौनक नै अर्कै !! त्यति बेला को धनि को गरिब केहि मतलब हुन्थेन ! जब बिस्तारै बिस्तारै दिनहरु,महिनाहरू अनि वर्ष हरु फेरिदै गए , दशैंको स्वरूप पनि फेरिदै गयो .. राजनीति ले अर्कै मोड लिएको थियो ,, माओबादी हरु जंगल पस्दै थिए ,,कसैलाई कसैको मतलब हुन छोड्यो  ,, दशैं आयो भने पनि धनि को घर मा मात्र आउथ्यो ,, गरिब का  घरमा त  जब दशैँ आउथ्यो अनि सुरु हुन्थ्यो रुवाबासी . आफ्ना छोरा छोरी हरु जंगल पसेका फर्केर आउदैनन ,, न त गाउका ले नै वास्ता गर्छन ,, यस्तै यस्तै थियो ,, .! धेरै लामो कुरा नगरु होला ! मात्र मैले भन्न खोजेको जुन अहिले दशैं को नाम मा हुने धनि गरिब बिचको दुरी छ त्यो दुरी  मेटियोस अनि हराएका आफन्त ले आफ्ना छोरा छोरी को कुनै तथ्य सत्य खबर पाउन अनि सबैले उही 17/18 बर्ष अगाडिको जस्तो दशैँ मनाउन पाइयोस , श्री भवानी माताले सबैमा सद्बुदि दिउन अनि देशमा शान्ति छाओस ! 



0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger