२३ कात्तिक, नवलपरासी । नवलपरासीको डाडँझेरी गाविसको देबबडाचुली माध्यमिक बिद्यालयका शिक्षक केशरबहादुर रानाभाटको भीरबाट लडेर मृत्यु भएको छ । उनलाई गएराती मृत अवस्थामा फेला पारिएको थियो ।
विद्यालयबाट अध्यापन गराई मंगलवार घर र्फकेका रानभाट घर नपुगेका र बुधवार पनि विद्यालय नआएपछि खोजी गर्दे जांदा स्थानीय गाविसको चापदी भीर बाट १ सय मिटर तल उनलाई मृत अवस्थामा फेला पारिएको थियो । उनको शव बुधवार राती साढे ११ बजे मात्र फेला परेको डाँडाझेरी उपस्वास्थ्य चौकीका प्रमुख शरणकिरण रानाभाटले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment