बुटवल, मंसिर ३० – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एकीकृत नेकपा माओवादीसंग निहुँ खोजेर मुलुकले निकास नपाउने बताउनुभएको छ ।
नेपाली कांग्रेसको बुटवल नगर समितिले शनिबार गरेको कार्यकर्ता भेलामा कोइरालाले माओवादीसंग निहुँ खोज्नुभन्दा सहमति गरेर निकास निकाल्नुपर्ने बताउनुभयो ।
आन्दोलन गरेरै वर्तमान सरकार परास्त गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै उहाँले माओवादीलाई बाइपास गरेर अघि बढ्न नसकिने बताउनुभयो । लोकतन्त्र पुनर्वहाली भएको र गणतन्त्र आइसकेकोले अब जनआन्दोलनको संभावना नरहेको भन्दै कोइरालाले कांग्रेसले आन्दोलन र छलफलको ढोका खुल्ला राखेको वताउनुभयो ।


0 comments:
Post a Comment