१८ मंसिर, काठमाण्डौ ।
नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
केहीवेरअघि भएको अवार्ड वितरण कार्यक्रममा पुष्पाले अन्य ९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले भने २ लाख ५० हजार अमेरीकी डलरको पाएकी छिन् । अमेरिकी टिभी च्यानल सीएनएनले हरेक बर्ष बिश्वभरका उत्कृष्ट समाजसेवीलाई सीएनएन हिरोज अवार्ड प्रदान गर्दछ ।
नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएकेा हो । यसपटक पनि विश्वभरका ६ राष्ट्रका १० जनालाई उछिन्दै सिएनएन हिरोज अफ २०१२ जित्न पुष्पा सफल भएकी हुन् ।
मनोनयनमा परेका दश जनाले उनीहरुको सामाजिक अभियानलाई निरन्तरता दिन ५० हजार अमेरीकी डलर सहयोग पाएका छन् । सिएनएन हिरोजको विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्याएकी नेपालकै अनुराधा कोईरालाले यही उपाधि जितेकी थिइन ।

0 comments:
Post a Comment