Monday
December 31

हाम्रो मझेरी प्रतिभा पुरस्कार प्रदान गरिने

 चितवन १६ पुस ।  हाम्रो मझेरी  साहित्य प्रतिष्ठान  चितवनले विभिन्न व्यक्तिलाई  सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानको आज बसेको बैठकले हाम्रो मझेरी प्रतिभा सम्मान २०६९ बाट  हेटौडाका कवि ह्याग्रीव आचार्य , चितवनका गजलकार प्रभाकर पंडित , संचारकर्मी  किरण मरहठ्ठालाई सम्मान गर्ने  निर्णय गरेको हो । 
 
 यस्तै हाम्रो मझेरी  गजल रत्न  २०६८ पुरस्कार  पुर्वी नेपालका  गजलकार  विवश वलिभद्र कोईरालालाई  र  गजल श्री २०६९ पुरस्कार ईजरायलमा बस्दै आउनु भएकी गजलकार सुचित्रा खनियालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले जानकारी दिनुभयो ।
 
 प्रतिष्ठानका अध्यक्ष अञ्जलीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदान कार्यक्रमको अवसरमा  हाम्रो मझेरीको स्वर्ण अंक समेत  विमोचन गर्ने निर्णय गरेको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger