सिनेमाको पर्दामा पछिल्लो समय श्रीमान् बिदेशीएका महिलाहरुको चाहना र समस्यामा आधारित कथावस्तुहरु हाबी हुदै गएका छन् । यसैक्रममा यसअघि ‘द लाष्ट किस’ र ‘लभ यु म्यान’ निर्देशन गरेका वीपी फुयाँलले ‘रोमान्स’ नामक चलचित्रको निर्देशन गरेका छन् । चलचित्रले श्रीमान् विदेशीएका महिलाले भोग्नुपर्ने समस्या र त्यसबाट बढेको विकृतीलाई मुख्य कथावस्तु बनाइएको छ । चलचित्रको हाल धमाधम सम्पादन कार्य भइरहेको छ ।
चलचित्रमा विशाल पोखरेल, स्मिता थपलिया, सुरेश चौधरी, समन्त आचार्य, आर बी के निर्दोष, आदित्य त्रिपाठी, आकाश श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका छ । वीवी फुयाँल र एल एन गौतमको संयुक्त कथा र निर्देशनमा तयार भएको यो सिनेमा नारी प्रधान रहेको दाबी निर्माणपक्षको छ ।
चलचित्रमा कविराज गहतराज र शिव शर्माको नृत्य निर्देशन, देव महर्जनको द्धन्द निर्देशन छ । टंक वुढाथोकीको संगीत रहेको सिनेमामा हरिनारयण चौधरीले छायांकन गरेका छन् । चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ ।
0 comments:
Post a Comment