संखुवासभा, मंसिर २८ - एमाले संखुवासभाका उपाध्यक्ष र सचिब सहित २ जना जिल्ला कमिटी सदस्यले पार्टी परित्याग गरेका छन ।
सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर उनीहरुले पाटी परित्याग गरेको घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष नारद राई, सचिब कवानसेन राई, सदस्यहरु बसन्त तामाङ र कृष्ण तामाङले औपचारीक रुपमा पाटीपरित्याग गरेको घोषणा गर्नुभयो ।
नेतृत्व तहले सातौ केन्द्रीय कमिटीको १२ औ बैठकको निर्णय कार्यान्वयन गर्न जारी गरेको अन्तरपाटी निर्देशनमा उल्लेखित निर्णयलाई वेवास्ता गरि संघीयता विरोधी अभिव्यक्ति दिएको आरोप उनीहरुको छ ।
उनीहरु संगै राष्ट्रिय जनशक्ति पाटीका उपाध्यक्ष सुन्दर तामाङ लगायत अन्य राजनीतिक दलका २ दर्जन नेता तथा कार्यकर्ताले पनि पाटी परित्याग गरेको घोषणा गरेका छन ।

0 comments:
Post a Comment