१६ पुस, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकार चाख्ने बाहेक अरु कुनै उपलब्धि मुलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपालले जनताका घरमा पुगेर मुसा, घोगी लगायतका नयाँ-नयाँ परिकारको स्वाद लिएर भट्टराईले देश र जनतालाई ऋणमा डुबाएको वताउनुभयो ।
नेता नेपालले भन्नुभयो,’सहमतीय सरकार बनाउने नाममा वर्तमान सरकारमा सहभागी हुँदैनौँ । त्यसैले भट्टराई सरकार नहटेसम्म सहमतीय सरकारका निम्ति कुनै सहमति हुन सक्दैन ।’ उहाँले काँग्रेस सभापति सुशील कोइराला जस्ता पाका नेतालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले पङ्गु बनाएको वताउनुभयो । बर्तमान सरकारको बर्हिगमन नहुँदासम्म सहमति नहुने भन्दै नेपालले राष्ट्रपतिले सहमतिका लागि जति पटक समय थपे पनि कुनै प्रगति नहुने बताउनुभयो ।
नेपालले काँग्रेसकै नेतृत्वमा सहमतीय सरकार वनाउने निर्णय विपक्षी दलले गरिसकेकाले सुशील कोइरालाकै नेतृत्वमा सरकार वनाएर चुनावमा जानु पर्ने वताउनुभयोकृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment