इँटा उद्योगमा कार्यरत्त महिलामाथि यौन शोषण


लहान, माघ ९ - दुइ महिनासम्म सिरहाको बेल्हा-४ स्थित ओम इँटा उद्योगमा बन्धक महिला र युवतीमाथि यौन शोषण भएको रहस्य खुलेको छ। सिरहा प्रहरीले बन्धकमुक्त महिला र युवतीसित लिएको बयानमा उनीहरुले आफूमाथि यौन शोषण भएको बताएका छन्। उद्योगबाट जिल्ला अदालतको सक्रियतामा प्रहरी र प्रसाशनबाट मुक्त मजदुर महिलाले एकैस्वरमा भनेका थिए, 'हामी कमाउन आएका थियौ तर, धेरै कुरा गुमाएर फर्कँदै छौ।' भारत उत्तर प्रदेश सम्बल जिल्ला फतेपुरबाट उद्योगमा मजदुरी गर्न आएका पुरुष काममा भएकाबेला खाना पकाउँदै गरेकी महिला र युवतीलाई उद्योग संचालकदेखि चौकिदारसम्मले यौन शोषण गरेको उनीहरुले बयान दिएका छन्।

'सर्वोच्च अदालतले यो केसमा हात हालेकाले हामीले अहिले इन्टरफेयर गर्न मिल्दैन्', सिरहा प्रहरी प्रमुख (एसपि) विक्रम गुरुङ्गले भने, 'अदालतले महिला यौन हिंसाको मुद्धा छानविनको आदेश गरेमात्र यसमा हात हाल्छौ। कारबाही अगाडि बढाउन चाहिने प्रमाण जुटाइसकेका छौं।'

प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद ढकालले भने,‘सर्वोच्चले बन्धकमुक्त गराउन दिएको आदेश पालना भएको छ । सञ्चालकलाई पक्राउ गर्ने/नगर्ने विषयमा आदेशमा नखुलाइएकाले कारबाही अगाडि नबढाइएको हो।'

ओम इँटा उद्योग बेल्हा ४ मा रहेको रेकर्ड घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन्। यो नामको इँटा उद्योग दर्ता नै नभएकाले यहाँ रेकर्ड नभएको कार्यालयले जनाएको छ।

ओम इँटा उद्योगको मुद्धा सेलाउन नपाउँदै गोलबजार स्थित श्रीराम इँटा उद्योगमा पनि मजदुरलाई बन्धक बनाइएकोबारे सत्यतथ्य बुझ्न जिल्ला प्रसाशन कार्यालयमा गृहमार्फत पत्र आएको छ। प्रहरी पठाएर बुझ्दा बन्धक मजदुर फेला नपरेको ढकालले बताए।

बन्धकमुत्क भारतीय मजदुरलाई शुक्रवार जिल्ला अदालतको अगुवाइमा स्थानीय प्रहरी प्रसाशनले भारतीय सहर जयनगरका मुखिया भोला यादवको जिम्मा लगाएर घर फर्काइयो।


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger