सेक्स गर्दा एक नेपालि को ज्यान गयो


विदेशमा गएका नेपालीहरुबाट यौन रोग जस्ता संक्रमण नेपाल भित्रिएको भनेर विदेशबाट आउने नेपाली युवाहरु लाई बारम्बार आरोप लागिरहँदा मलेसियाको जोहोरबारु शहरमा बिदेशी यौनकर्मी महिलासँग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ ।

जोहोरबारुको नुसाजयास्थित एक होटलमा प्रेमिका भनिएकी यौनकर्मी महिलासँग सम्भोग गर्दागर्दै नेपाली युवा हरिबहादुर मगरले ज्यान गुमाएका हुन् । ती महिला भियतनामी भएको बताइएको छ । 

स्थानीय दैनिक पत्रिका ‘हरियान मेट्रो’मा यही अगष्ट पहिलो अंकमा प्रकाशित समाचारअनुसार यौनउत्तेजक औषधी सेवन गरेर यौन सर्म्पर्क सुरु गरेका उनको सम्भोग गर्दागर्दै मृत्यु भएको जनाइएको छ । सम्भोग गर्दागर्दै सुतेका ती युवालाई उठाउने प्रयास गर्दा नउठेपछि होटल व्यवस्थापन कहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा ती युवतीले बताएकी छन् ।

मृत्युपछि जाँच-बुझ गर्दा हरिबहादुर मृत अवस्थामा भेटिएको पत्रिकाले जनाएको छ । अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका पनि चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको उनले बताएकी थिइन् । उनले सोधपुछका क्रममा आफुले पिल्स चक्की समेत खाएको बताएकी थिइन् ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । मृतक हरिको नेपालस्थित ठेगाना पनि खुल्न सकेको छैन ।
डाउनलोड गर्नुहोस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger