डेली मेलका अनुसार महिला र पुरुष समान रुपमा आफ्नो तौल घटाउने उद्धेश्यले एकसाथ शारीरिक व्यायाम गरेपनि महिलाहरुले नै २० प्रतिशत पसिना बगाउन पर्ने बैज्ञानिकले दाबी गरेका छन् । बैज्ञानिकले यो कुरालाइ प्रमाणित गर्न एक अनुपात मोटा महिला र पुरुषमा एकै प्रकारको शारीरिक व्यायाम र डाइटको योजना बनाएको थियो । जसमा महिलाको तुलनामा पुरुषलाइ २० प्रतिशत अतिरिक्त फाइदा भएको थियो ।
१६ हफ्ताको यो शारीरिक व्यायाम योजनामा ७५ महिला र पुरुषलाइ एरोबिक कार्डियोवस्कुलर एक्सरसाइज गराएको थियो । १६ हफ्तापछि महिलाको तुलनामा पुरुषमा परिवर्तन आएको थियो भने महिलाहरुलाइ फेरी २० प्रतिशत मेहनत गर्नुपर्ने परिणाम आएको थियो । सो कुरा अमेरिकी प्रान्त मिसुरी यूनिवर्सिटीको बैज्ञानिकहरुले प्रमाणित गरेको हुन् ।

0 comments:
Post a Comment