बैतडी, माघ ९ - यौन प्रस्ताव नमानेपछि एक युवकले आफ्नै भाउजुको शरीरमा तातो पानी खन्याएका छन् ।
दशरथचन्द नगपालिका-५ बस्कोटकी मीना टमटालाई देवर दिपक टमटाले शरीरमा तातो पानी खन्याएका हुन् । देवरले यौन सम्पर्क राख्न प्रस्ताव गरेपछि गाली गर्दै प्रतिकारमा उत्रिएपछि तातो पानी खन्याएको पीडित महिलाले बताइन् ।
उनको शरीरको बाया भाग जलेको छ । पुरै हात, शरीर र खुट्टा जलेकी मीनाको जिल्ला अस्पतालमा उपचार भएको थियो ।
परिवार र गाउँको बेईज्जत हुने डरले घटना गोप्य राखेका छन् । अधिकारकर्मी तथा नागरिक सचेतना केन्द्रको प्रयासमा घटना गाउँमै मिलाएको छ ।
२५ वर्षीया ती महिला पनि सचेतना केन्द्रकी सदस्य हुन् । परिवारले नै घटनाबारे बोल्न नचाहेपछि कारबाहीका लागि पहल गर्न नसकेको सचेतना केन्द्रकी संयोजक पार्वती टमटाले बताइन् ।
VERY NICE ITS BISAUNI NEPAL
ReplyDelete