यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)


भावुक योगी/उज्यालो
बर्दिया, माघ १६ – मुक्तकमैयाको घर निर्माणका लागि भन्दै सयौं वर्ष पुराना हरिया रुख काटिन थालेपछि बर्दियाका सरोकारवालाहरुले विरोध जनाएका छन् ।
मुक्त कमैयाको घर निर्माणका लागि काठ दिन भन्दै मन्त्रीस्तरिय निर्णयबाट बर्दियाको बगनाहा १ शाहीपुर नजिक बनफोरुवा फाँटामा सयौँ वर्ष पुराना हरिया रुख काटिएपछि विरोध भएको हो ।
मुक्तकमैयाका नाममा सरकारले नै फँडानी गर्न आदेश दिएकोमा शाहीपुरका चन्दक चटिया र चन्दनपुर सामुदायिक वन समूहका उपभोक्ता र सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाले बिरोध जनाएका छन् । सरकारले हरिया रुख काट्न नरोके आन्दोलन गर्ने महासंघका जिल्ला अध्यक्ष कमला ज्ञवालीले बताउनुभयो ।  
एकै ठाउँमा धेरै हरिया रुख काटेर वन क्षेत्र नष्ट पार्न नहुने महासंघको भनाई छ । मुक्त कमैयाका लागि जिल्लाका ३ सय वटा सामुदायिक वन समूहबाट काठ किनेर वितरण गर्न सकिने विकल्प हुँदाहुँदै सरकारले वन क्षेत्र नष्ट गर्न लागेकाले विरोध गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य महम्मद कर खाँले बताउनुभयो ।  
मुक्तकमैया पुनर्स्थापन समिति बर्दियाले २०६६ पुस २२ गते मुक्तकमैया फाँटामा रहेका रुखहरु वन कार्यालय मार्फत काट्ने निर्णयको आधारमा २०६८ माघ २७ गते वसेको मन्त्रीपरिषद्को वैठकले टिम्बर कर्पोरेशन अफ नेपाल मार्फत हरियो रुख काट्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषदको निर्णय अनुसार गत जेठदेखि खाता रेञ्जपोष्ट अन्र्तगतका वनबाट ९ सय ९६ वटा रुख कटानी गर्न रुख शुरु गरिएको थियो । स्थानीय वासिन्दाको ब्यापक दबाबपछि केही समय कटानी रोकिएपनि फेरि शुरु भएको छ ।
यसअघि बगनाहा १ शाहीपुरकै अरहरिया फाँटबाट ४ सय बढी रुख कटानी भइसकेको छ । एक महिना भित्रमा झण्डै ५ सय ४० हरिया रुख काटिसक्नुपर्ने भन्दै ठेकेदारहरुले कटानी तीब्र पारेका छन् ।
बगनाहाको १ र ५ अन्र्तगत कुश्मिनिया, वनफोरुवा क र ख, अरहरिया र धैरेनी फाँटा गरी करिव ७५ हजार ९ सय ४ घन फिट काठका लागि १९.२५ हेक्टरमा रहेका ९ सय ९६ वटा पुराना हरिया रुखहरु काट्न सम्झौता भइसकेकाले आफुहरुले यसलाई रोक्न नमिल्ने जिल्ला वन अधिकृत धनञ्जय लामिछानेले वताउनुभयो ।
बर्दियामा रुख काटिएका तस्बिर हेर्नुहोस् :–
तस्बिर : भाबुक योगी/उज्यालो
यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)
यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)
यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)
यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)
यसरी सखाप हुँदैछ बर्दियामा जंगल (फोटोफिचर)

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger