कम्युनिष्टका नाममा एमालेले जनतालाई धोका दियोः प्रचण्ड

बिजय चालिसे
१४ माघ, बैतडी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टका नाममा एमालेले जनता र राष्ट्रलाई धोका दिएको आरोप लगाउनु भएको छ ।
पार्टीको बैतडी जिल्ला अधिबेशनलाई आइतबार सदरमुकाम गोठलापानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुश्मनसंग आत्मसमपर्ण गर्दै एमालेले जनताका ईच्छा र आकांक्षालाई बेवास्ता गरेको बताउनु भयो । नेकपा माओवादी क्रान्तिकारी नारा भट्टाएर जडसुत्रबादी सोचमा अघि बढेको र प्रतिक्रान्तिको सेवा गरेको उहाँको आरोप थियो ।
उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखको घटनालाई लिएर प्रतिपक्षी दलहरुले शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । पत्रकार डेकेन्द्र थापाको बिषयलाई बङ्गाएर शान्ति प्रक्रिया भाड्न खोजेको भन्दै बिशेष गरी पत्रकारहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
द्वन्द्वकालका घटनाका बिषयमा आफूहरु पनि गम्भीर रहेको भन्दै उहाँले सबै घटनाहरुलाई सत्य निरुपण तथा मेल मिलाप आयोग बनाएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री डा. भट्टराईले माओवादीले हत्यारालाई संरक्षण गर्‍यो भन्ने आरोपको खण्डन गर्दै बिदेशबाट डलर ल्याएर खेति गरिरहेकाले यो षड्यन्त्र गरेको आरोप समेत लगाउनुभयो ।
अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठ प्रकाशले कांग्रेस-एमाले जस्ता पार्टीहरुका कारण मुलुकमा सहमति कायम हुन नसकेको दावी गर्नुभयो । कार्यक्रममा शीर्ष नेताहरुले महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger