कांग्रेसमा सुशील र सुजातावीच मनमुटाव


३ माघ, काठमाडौं । आन्दोलनको रणनीति तयार पार्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागिरहेको छ । तर, पार्टीभित्रै आन्दोलनमा जाने कि सहमतिबाट समस्या समाधान गर्ने भन्नेमा द्विविधा बढ्दै गएको छ ।
सुसील कोइरालालाई प्रधानमन्त्री बनाउने मागमा आन्दोलन गर्ने कुरामा कांग्रेसभित्र एकमत छैन । गिरिजापुत्री सुजाता कोइरालाले त बाबुराम सरकारमै गृहमन्त्रालय लिएर भए पनि कांग्रेस चुनावमा जानुपर्ने बताइसक्नुभएको छ । तर, सुजाताको यो भनाइबाट सभापति सुशील कोइराला र उनका पक्षधरहरु रुष्ट देखिएका छन् ।
सुजाताले जसरी खुलेर बोल्न कांग्रेसभित्र अन्य नेताले आँट गर्दैनन् । सुजाताले सुसीलको नाम फिर्ता लिन माग गर्दा सभापति आक्रोशित भए पनि धेरैले सुजातालाई भित्रभित्रै साथ दिन थालेका छन् । स्रोत भन्छ, ‘रामचन्द्र पौडेल पनि सुजाताको नजिक हुनुहन्छ ।’
बाबुरामलाई भेट्दा कारवाहीको धम्की
उता कांग्रेस सभापति सुशील कोइरालाले कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी र एनपी साउद लगायतलाई बालुवाटार गएर बाुबरामसित भेट गरेकोमा कारवाहीको धम्की दिएको घटना कांग्रेसभित्र अर्को चर्चाको विषय बनिरहेको छ । तर, सुजाताले गगन थापालाई बालुवाटार पठाएको आरोप सुशीलले लगाएको स्रोत बताउँछ ।
नेपाली कांग्रेसमा सुजाता यही सरकारको मातहतमा चुनावमा जानुपर्छ भन्ने लाइनमा छन् भने गगन थापालगायतका नेताहरु सुशीलको विकल्प अघि सानुपर्ने पक्षमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेल भित्रीरुपमा संविधानसभाको पुनस्र्थापना होस् भन्ने चाहन्छन् ।
आन्दोलन चुनौतीपूर्ण
सुशीललाई प्रधानमन्त्री बनाउने नारालाई परिमार्जन नगरेका कारण विपक्षी दलको आन्दोलनमा उपेन्द्र यादव लगायतका दलहरु सहभागी भएका छैनन् । यो अवस्थामा ९ दलले आन्दालने गर्ने भने पनि सूर्यबहादुर थापा, पशुपतिसमशेर जबरा र जनाधार नभएका साना कम्युनिष्ट पार्टीलाई मात्रै लिएर गरिने कांग्रेस, एमालेको आन्दोलन उसै पनि कमजोर हुने देखिन्छ, त्यसमा पनि आन्दोलनबारे कांग्रेसकै नेतामा मतान्तर देखिए पनि विपक्षीका लागि आगामी दिन निकै चुनौतीपूर्ण देखिन्छ ।
यस्तो अवस्थामा बस्न लागेको कांग्रेसको पदाधिकारी बैठकले नयाँ रणनीति बनाउने अपेक्षा गरिएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger