Friday
January 4

फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउनुहोस् ।

4

fbnotifications 

जति नोटिफिकेशन (Notification) हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको इनबक्स (Inbox) फेसबुककै इमेलहरुले भरिएको पक्कै पनि पाउनुभएको छ होला । यसले गर्दा अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ ।


कसरी फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउने ?



Step 1

आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् ।

Step 2

पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु (account) मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् ।

1

Step 3

Notifications मा क्लिक गर्नुहोस् ।

2

Step 4

अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।

3

Step 5

हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।


यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ । कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger