चितवन, पुस २८ – चितवनको माडीमा शुक्रबार राती जंगली हात्तीले दुई वटा घर भत्काएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको हात्तीले अयोध्यापुरी गाविस ६ का वीरचन्द्र थापा र सहदेव थापाको घर भत्काएको हो ।
हात्तीको आक्रमणबाट झण्डै २५ हजार रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
डाउनलोड गर्नुहोस