भान्सामा बर्बाद भो करीनाको हलकट जवानी !


बलिउड नायिका करीना कपूरले हालै टि्वटरमा यस्तो तस्वीर सेयर गरेकी छिन् जुन हेर्दा लाग्छ उनी पक्का गृहिणी बनिन् र फिल्मबाट हात धुँदैछिन् । कतिपयले त करीनाको जिन्दगी अब भान्सामै बित्ने समेत टिप्पणी गर्न पछि परेका छैनन् ।
भान्सामा खाना बनाइरहेको करीनाको तस्वीर देख्दा धेरैले धेरै थरीका टिप्पणी गर्नु अनौठो होइन । हनिमुन अवधिको उक्त तस्वीरमा एक हातले खाना चलाइरहेकी करीना अर्को हातले गालामा पसिना पुछ्दै छिन् । करीनाले त्यहाँ विभिन्न प्रकारका खाना बनाएको कुरा तस्वीरमा देखिने विभिन्न परिकारबाटै स्पष्ट हुन्छ ।

सैफ अली खानसँग नयाँ दाम्पत्य जिवन बिताइरहेकी करीनाको फिल्मी करिअर ओरालो लाग्दै जान थालेको टिप्पणी बलिउड भित्र र बाहिर सबैतिर गर्न थालिएको छ । सायद त्यहीँ भएरै होला करीनाले भान्सामा आफुलाई अभ्यस्त बनाउँदैछिन् भन्ने लाग्छ तस्वीर हेर्दा । जे होस् करीनाको जवानी भान्सामा बर्बाद नहोस् र बलिउडमा उनको करीअर अझै माथि चढोस् भन्ने चाहना छ उनका फ्यानहरुको ।



0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger