रामचलितरले केही समयअघि दुलारीदेवीसँग अनैतिक सम्बन्ध राखेको भट्टराईले देखेपछि त्यसलाई नाटकीय रूपमा जबर्जस्ती करणीका रूपमा मुद्दा दर्ता गरिएको थियो । लगत्तै यादव र साहबीचमा मेलमिलाप भएपछि भट्टराईसँग झैझगडा हुँदा सबै मिलेर दम्पतीको हत्या गरिएको अनुसन्धानमा खुलेको एसपी बस्नेतले बताए । भट्टराई र यादव दुवै गैरकानुनी काठ निकासीमा संलग्न रहेको र भट्टराईले यादवलाई उछिन्दै गएपछि पनि उनीहरूबीचको शत्रुता हत्यामा पुगेको पाइएको छ । ‘एकातिर अनैतिक काममा प्रत्यक्षदर्शी र मुद्दामा भएको खर्च अर्कोतर्फ गैरकानुनी काममा पछि परेको रिस पोख्न हत्या गरियो,’ एसपी बस्नेतले भने ।अनुसन्धानमा शंकास्पद व्यक्तिको कल रेकर्ड चेक गर्दा घटनापूर्व र घटनापछि पनि यादवले दुलारीलाई फोन गरेको देखिएको र एकै दिन ५४ पटक भएको कलमा ६ सय ३९ मिनेट कुराकानी भएको पाइएपछि अनुसन्धानमा थप सहज भएको एसपी बस्नेतले जानकारी दिए । ‘फोन महिला प्रहरीको सहयोगमा दुलारीको पेन्टीबाट निकालियो,’ उनले भने, ‘सिमकार्ड चपाएर धुलो पारेको अवस्थामा भेट्यौँ ।’
घटनाको वास्तविकता सार्वजनिक गर्न केही समय ढिला भएको स्विकार्दै एसपी बस्नेतले मृतकका छोराछोरी १३ दिने काजक्रियामा बसेको र काठमाडांै पठाइएका विभिन्न चेकजाँचका रिपोर्ट आउनसमेत समय लागेकाले विलम्ब भएको स्विकारे । मृतक भट्टराईका १४ वर्षीय छोरा दीपेश, ११ वर्षीय छोरी दीपिका र नौ वर्षीय छोरा दिनेश अभिभावकको हत्यापछि टुहुरा भएका छन् ।
0 comments:
Post a Comment