ती देशमा युद्ध अपराधसम्बन्धी उजुरी परेको खण्डमा पक्राउ पर्ने जोखिम रहेको हो । युरोपियन युनियनका सवै मुलुक उक्त अदालतका साझेदार हुन् । पक्राउ पर्न सक्नेमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली सेनाका पूर्वसेनापति रुक्मांगद कटवालसम्म छन् ।
१० बर्षे माओवादी जनयुद्धमा राज्य र विद्रोही दुबै पक्षबाट मानवअधिकार उल्लघंनका धेरै घटना भएका थिए । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलका अनुसार दुवै पक्षका सैन्य कमाण्डर यस्ता अपराधमा मुछिएकाले पक्राउ पर्न सक्छन् । उनले भने ‘सैन्य कमान्डर सम्हाल्नेहरु कै निर्देशनमा त्यस्ता अपराध भएका छन्, चाहे त्यो राज्य पक्षबाट होस वा विद्रोही । उनीहरु विरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतका सदस्य राष्ट्रहरुमा उजुरी पर्यो भने ती राष्ट्रको क्षेत्राधिकारभित्र प्रवेश गर्दा जुनसुकै बेला पक्राउ पर्न सक्छन्,’ सौर्य दैनिकमा खबर छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment