श्रीमतीलाई अर्कैसँग यौनसम्पर्क गर्न लगाए पछि…

0
श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए।
श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए।
३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए।
मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger