वनभोजमा रमाए संगीतका विद्यार्थी

सधै हार्मोनियम र गीतारमा रमाउने अनुराग संगीत विद्यालयका विद्यार्थीहरु शनिबार भने बनभोजमा रमाएका छन् । अनुराग संगीत विद्यालयले आयोजना गरेको वनभोज कार्यक्रममा विद्यार्थीहरु सहभागी भएका हुन् ।काठमाण्डौको पुतलिसडकमा रहेको अनुराग संगीत विद्यालयकले आफ्नो ११ औं बाषिर्कोत्सवको अवसर पारेर वनभोज आयोजना गरेको हो । वनभोजमा विद्यालयका शिक्षकद्धय संगीतकार अर्जुन पोखरेल, राम सिटौलाका साथमा ३० बढी विद्यार्थीहरुको सहभागीता थियो । संगीतका विद्यार्थी भएका नाताले पनि अधिकांश समय बनभोज कार्यक्रम संगीतमय भएको थियो । विद्यार्थीहरुले विभिन्न गीत गाएर कार्यक्रममा रौनक थपेका थिए ।उक्त वनभोज कार्यक्रममा निर्देशक राजु गिरी, गायिका दुर्गा खरेल पनि सहभागी थिए । शनिबार दिनभर चलेको वनभोज कार्यक्रमले विद्यार्थीहरु बिच आत्मीयता बढाउने काम गरेको विद्यायलका शिक्षक अर्जुन पोखरेलले बताए । अनुराग संगीत विद्यालयले हरेक बर्ष आफ्नो बाषिर्कोत्सवको अवसर पारेर वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ । अनुरागले आजसम्म थुप्रै सांगीतिक क्षेत्रका हस्तिहरु जन्माइसकेको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger