साउदीमा अलपत्र गंगाको भनिन्,’मलाई बचाउनुस्’

बिन्ति श्रेष्ठ
रियाद । साउदी अरबको जेजान शहरमा यतिखेर मजस्तै एउटी नेपाली चेली गंगा बरालले आफुलार्इ उद्धार गरिदिन गुहार मागेकी छिन् । एनआरएनए साउदी अरबका अध्यक्ष धरम केसीसंग भएको उनको फोन वार्तामा उनीले आफ्नो उद्धार गरिदिन अपिल गरेकी हुन् । पहिलो घरमा साउदीको कुटाई खाएपछि बिरामी भएकी उनी अहिले दोस्रो साउदीको घरमा छिन, साउदी मालिकले उपचार पनि नगराइदिएको र स्वदेश फर्किन पनि नदिएको कारण उनले रुदै एनआरएनए साउदीका अध्यक्ष फोनमा आफ्नो बेदना पोखेकी छिन् ।
कसरी पुगिन गंगा साउदी अरब 
नेपालमै आश्यान तामाङ, राजु बि.क. र जिते चौधरीहरूले गंगालाई १५ हजार साउदी रियालमा बेचेर भारत हुंदै साउदी पठाएका रहेछन् । उनी अहिले साउदी मालिकले स्वदेश फर्किनका लागि त्यही १५ हजार रियाल फिर्ता दिन भनेका छन् । गंगालाई शुरूदेखि नै कुनै पनि तलब दिएका पनि छैनन् ।
एनआरएनए साउदीले गरेको पहल 
एनआरएनए साउदी अरबले गंगाको यो अवस्थाको जानकारी गराउंदै उनको उद्धार गरिदिन नेपाली राजदूतावासमा पत्राचार गर्‍यो । गतः २८ डिसेम्बरमा दमाममा आयोजित एनआरएनएकै एक कार्यक्रममा राजदूत स्वयमले गंगाको प्रसंग निकाल्दै उनको उद्धार गर्न करीब २ लाख रुपैयाँ जति खर्च हुने भएता पनि दूतावास तयार रहेको तर उनको घर ठेगाना स्पष्ट -यकिन) हुनुपर्यो भन्नुभएकोमा हाल गंगाले आंफू जेजानको गुम्फिजा टोलको मूल सडकबाट केही भित्रको २ वटा प्रवेश द्वार (ठूलो र सानो) भएको ६ नम्बरको ३ तले घरमा आंफू रहेको र घर अगाडी २ वटा फलामका खम्बा रहेको भन्दै घर ठेगाना पनि दिइसकेकी छिन् । जेजान रियाद दमामबाट करीब २ हजार कि.मी.को दूरीमा यमनको सिमानामा अवस्थित साउदी शहर हो । जेद्धाबाट भने यो ७­८ सय कि.मी. मात्र टाढा छ ।
दलालले उद्धारा होइन धम्क्याए 
काठमाडौबाट दलाल राजु बि.क.ले गंगाको उद्धारमा सघाउनु त कता कता उल्टो बिरामी गंगालाई धम्क्याउने र तर्साउने गरेको गंगाले वताएकी छिन् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger