डेकेन्द्र हत्याको छानविन भए शान्तिप्रक्रिया भंग हुन्छ : प्रम सल्लाहकार


२९ पुस, काठमाडौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ ।  उहाँले द्धन्दकालमा भएका घटनाको छानविन गरिए द्वन्दकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहि पुगिदैन । शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’
द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरे मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आइतवार राजधानीमा गरेको साक्षात्कारमा पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । सरकार पनि उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए पछि प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,’शान्ति सम्झौता विपरित भए पछि प्रधानमन्त्री चुप लागेर बस्ने कुरै हुँदैन ।’
नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्नु भयो । उहाँले पत्रकार थापाको हत्याकाण्डको छानविन रोकिए त्यसका विरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । द्धन्द्धका कालमा भएका प्रतिसोध पूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै उहाँले यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिस बाहेक केही गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको वताउनुभयो । उहाँले काँग्रेस पत्रकार हत्या सहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,’यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनु पर्छ । ‘प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थनै नबुझेको दावी गर्दै उहाँले आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराउनुभयो । अहिलेको प्रश्न सत्तामा रहने भन्दा पनि लोकतन्त्रको बाटोमा हिड्ने कि नहिडने भन्ने प्रश्न भएको भन्दै उहाँले बालकृष्ण ढुङगेल जस्ता अपराधीलाई अघि पछि लगाएर हिड्ने प्रधानमन्त्रीबाट लोकतन्त्रको अपेक्षा गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोर भिडन्तमा मरेको बाहेक सबै घटना द्धन्द्धसँग सँग सम्बन्धीत नभएको वताउनुभयो । उहाँले पानी लिन गएका पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्धन्द्धको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो,’निर्दोष पत्रकारलाई जिउँदै माने अनि द्धन्द्धको घटना भनेर हुन्छ । प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?’

डाउनलोड गर्नुहोस

1 comments:

  1. baburam aatangka badi ho desh nikala garnu parx sale kukur lai

    ReplyDelete

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger