नेपाली राहदानीको किर्ते प्रयोग गर्नेमा भारतीय बढी


१५ माघ, काठमाण्डौं । वैशाख तेस्रो साता नेपाली हस्तलिखित राहदानीमा कुबेत पुगेका ३६ बंगलादेशीलाई एकै दिन त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गर्‍यो ।
ती सबै कुवेतले एकैपटक डिपोर्ट गरी (कुवेत आगमनमा रोक लगाई ) कालोसूचीमा राखेका बंगलादेशी थिए । बंगलादेशबाट दुबई जाँदा उनीहरुले नेपाली राहदानीको प्रयोग गरेको खबर नागरिक दैनिकले छापेको छ ।
नेपालमा हस्तलिखित राहदानी विस्थापित गर्ने म्याद नजिकिँदै गर्दा यस्ता राहदानी दूरुपयोग गर्नेको संख्या बढ्दै गएको हो । पहिले नेपाली राहदानीको दूरुपयोग गर्नेमा बंगलादेशीको संख्याबढी भएपनि अहिले भने भारतीयको संख्या उल्लेख्य रहेको छ ।
नेपाली हस्तलिखित राहदानी दूरुपयोग गरी बंगलादेशी र भारतीय आउनेक्रम बढेपछि कुवेत सरकारले गएको असारमा त्यहाँ स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी सकभर हस्तलिखित राहदानीमा नआउन आग्रह गरेको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger