घरमै आगो लागेपछि २ बालबालिकाको मृत्यु

४ मा,अछाम। सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा भएको घटनामा चार जनाको मृत्यु भएको छ । जसमा डोटीको सात्फरी गाविसको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सात्फरी गाविस ५ डौडाका लालबहादुर चन्दको घरमा आगलागी हुदा चन्दका तीन  वर्षीया छोरा हर्क र डेड वर्षीया छोरी हरीना चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । बुबा लालबहादुर र आमा पार्वती छोरा र छोरीलाई घर भित्र राखेर जङ्गलमा खर काट्न गएको बेला घरमा आगलागी भएको स्थानीयबासिन्दाले बताएका छन् । आगलागीबाट घरमा भएका सम्मपुर्ण रामाग्री लत्ता, कपडा, अन्नपात जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय चवराचौताराले जनाकारी दिएको छ । आगलागी हिजो दिउँसो नै भएको भए पनि घर वरपर बस्ती नभएको र घरमा पनि कोही नभएकोले प्रहरीले आज मात्रै घटनाका विषयमा जानकारी लिएको छ । यस्तै बझाङको बाझ गाविसमा भिरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । बाझ गाविस ९ सिन्चुला बस्ने १८ वर्षीया राजमती बोहराको घास काट्ने बेला भिरबाट खसेर मृत्यु भएको स्थानिय जय बोहराले बताउनु भएको छ । मृतक बोहरा श्री भवानी माध्यमिक विद्यालय बाझमा कक्षा ९ मा अध्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै कैलालीको मसुरिया अत्तरपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बसको ठक्करबाट पैदलयात्री स्थानीय कुम्भ राज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger