४ माघ, काठमाण्डौं । सम्झौता अनुसार भारतबाट थप ७० मेगावाट विद्युत नआएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएर दैनिक १४ घण्टा पुर्याउने तयारी गरेको छ । कोइला प्लान्टबाट विद्युत उत्पादन घटेको भन्दै बिहार इलेक्टि्रसिटी बोर्डले थप ७० मेगावाट बिजुली नदिँदा प्राधिकरणले लोडसेडिङ दुई घण्टा थप्न लागेको हो ।
अहिले भारतबाट १ सय १५ मेगावाट विजुली आयात भईरहेको छ । बिहार बोर्डले अल्पकालीन समस्या भएको बताउँदै उत्पादनमा सुधार आउनासाथ सम्झौता अनुसार थप विजुली दिने प्रतिबद्धता जनाएको छ ।
अहिले दैनिक १२ घण्टा लोडसेडिङ भर्इरहेको छ ।
तराईमा अहिले नै १८ घण्टा
भारतले दिँदै आएको विद्युत कटौती गरेपछि तराईका जिल्लामा भने दैनिक १८ घण्टा लोडसेडिङ हुन थालेको छ । गत पुस २९ गते साँझ ६ बजेदेखि अनिश्चितकालका लागि लोडसेडिङ डिस्प्याज सेन्टर बिहार पटनाले नेपाल तर्फको सम्पूर्ण विद्युत सेवा बन्द गरेका थिए ।
अत्यधिक बढी समय भएको लोडसेडिङका कारण उद्योग कलकारखाना सञ्चालनमा कठिनाई भएको छ भने पत्रपत्रिकाको प्रकाशन तथा रेडियो एफएमको प्रसारणमा पनि अवरोध पुगेको छ ।
१८ देखि २० घण्टा सम्म लोडसेडिङ हुँदा पनि सम्बन्धित निकायले नियन्त्रणको प्रयास नगरेको भन्दै स्थानीयबासी आन्दोलित भएको खबर गोरखापत्र दैनिकमा खबर छ ।
एकातिर लोडसेडिङ अर्कातिर उत्पादन कटौती
नेपाल विद्युत प्राधिकरणले आउँदो बर्खायाममा पश्चिम क्षेत्रका जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन कटौती गर्ने भएको छ । प्रसारण लाइनले भार थेग्न नसक्ने अवस्था सिर्जना हुने हुँदा उत्पादनमा कटौती गरिने भएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
प्रसारण लाइनको अभावमा १ सय ४४ मेगावटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्याङ्दीलगायतका ठूला आयोजनामा असर पर्ने भएको छ । पश्चिममा रहेका ती आयोजनाबाट उत्पादित विद्युत पूर्वमा वितरण गर्न निर्माण गरिएका १३२ केभीका अधिकांश प्रसारणमा लोड भरिने र थप लोड प्रभाव गर्न नमिल्ने हुँदा प्राधिकरणले उत्पादन कटौती गर्ने तयारी गरिरहेको भारप्रेसण केन्द्रले जनाएको छ ।

0 comments:
Post a Comment