डेकेन्द्रको हत्या अण्डकोषमा लागेर भएको वयान

१७ माघ, काठमाडौं । पत्रकार डेकेन्द्र थापालाई कुटपिट गर्दा अण्डकोषमा लात्तीले लागेका कारण उनको मृत्युभएको वयान हत्या आरोपीहरुले अदालतलाई दिएका छन् । पत्रकार थापा हत्याको आरोपमा पक्राउ परेका पाँचैजना अभियुक्तको वयान जिल्ला अदालत दैलेखमा बुधबार सकिएको छ ।
पत्रकार थापाको मुद्दामा अदालतले विहीबारदेखि बहस थाल्ने भएको छ । बिहीबार नसकिए शुक्रबार अदालतले थुनछेकसम्बन्धी आदेश दिने अनुमान वकिलहरुले गरेका छन् । ‘बिहीबारबाट बहस प्रारम्भ हुन्छ, सकभर दुई दिन लाग्न सक्छ ।’-प्रतिवादीका तर्फबाट बहसमा भाग लिन बुधबार ३ जना अधिवक्ताको टोलीसहित दैलेख पुग्नुभएका कानूनविद् गोपाल चिन्तन सिवाकोटीले अनलाइनखबरसँग भन्नुभयो ।
शिवाकोटीका अनुसार हत्या आरोपी पाँचमध्येका ४ जनाले हत्यामा आफूहरुको प्रत्यक्ष संलग्नता र मनसाय नरहेको वयान दिएका छन् । एकजनाले चाहिँ आफूसहित ९ जनाले हत्या गरेको अदालतमा वयान दिएका छन् । तर, थापालाई जिउँदै नगाडिएको तर लात्तीले हान्दा अण्डकोषमा लागेर मृत्युभएको अदालतलाई वयान दिएको सिवाकोटीले बताउनुभयो । प्रहरीमा रहँदा आफूहरुलाई कुनै यातना नदिइएको प्रतिवादीहरुले अदालतलाई बताएका छन् ।
प्रहरीले पत्रकार हत्यामा ९ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । आरोपीमध्ये पाँचजना पक्राउ परेका छन् भने ४ जना अझै फरार छन् । अदालतमा वयान दिने केहीले घटनामा सात जनाको मात्रै संलग्नता रहेको बताएको स्रोतको कथन छ ।
प्रतिवादीका तर्फबाट बहस गर्न काठमाडौंबाट सिवाकोटीको नेतृत्वमा अभिवक्ता कपिलचन्द्र पोखरेल र केदार गुरागाई बुधबार दैलेख पुग्नुभएको छ ।
पत्रकारले धम्की दिएको गुनासो
नेपाल ल क्याम्पसका उपप्राध्यापकसमेत रहनुभएका अधिवक्ता सिवाकोटीले आफूलाई दैलेखका केही पत्रकारले धम्की दिएको गुनासो गर्नुभयो । क्रान्तिकारी पत्रकार संघले दैलेख सदरमुकाममा बुधबार बेलुका आयोजना गरेको ‘वृहत् शान्तिसम्झौता र संक्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा बोलिरहेका बेला ५०/६० जना सहभागीका वीचबाट पत्रकारले जुरुक्क उठेर हामी तिमीहरुको भाषण सुन्न आएका होइनौं, यस्ता कुरा गर्यौ भने राम्रो हुनेछैन, साथी हो, यो कार्यक्रम बहिस्कार गरौं भन्दै बाहिर निस्केको चिन्तनले गुनासो गर्नुभयो । कार्यक्रम बहिस्कार गरेर बाहिर गएपछि पत्रकारहरुले आफूलाई कुट्ने सल्लाह गरेकोसमेत आफूले थाहा पाएको सिवाकोटीले भन्नुभयो । आफूले यो विषय तत्कालै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई जानकारीसमेत गराएको उहाँले बताउनुभयो ।
पत्रकारहरुले डेकेन्द्रको मुद्दा प्रभावित बनाउन खोजेको सिवाकोटी माथि आरोप लगाउँदै कार्यक्रम बहिस्कार गरेका थिए

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger