१० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

कञ्चनपुर, फागुन १३ - एक जना १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले श्रीपुर–७ का २२ बर्षीय धनवीर चौधरीलाई पक्राउ गरेको हो । चौधरीले शनिवार ती बालिकालाई उखु बारीमा लगेर बलात्कार गरेका प्रहरीको आरोप छ ।
प्रहरीले बालिकाको स्वास्थ्य परिक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पठाएको छ । चौधरीका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger