मलेसिया, फाल्गुन १२ - थाइल्याण्डको बैंककमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य झन् गम्भीर भएको अस्पतालले जनाएको छ ।
मंगलबारदेखि बैंककको समितिभेज सुखुम्भीट अस्पताल भर्ना भएका उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले शनिबार विज्ञप्तीमार्फत जनाएको छ । 'उहाँको स्वास्थ्य गम्भीर छ,' विज्ञप्तीमा भनिएको छ, 'आजदेखि पेटबाट रक्तश्राव पनि सुरु भएको छ ।'
अस्पतालका अनुसार पारसलाई मंगलबारदेखि नै भेन्टिलेटरमा राखिएको छ । पारसलाई भेट्न शुक्रबार साँझ पुगेकी श्रीमती हिमानीले भेटेकी छन् ।
अचानक हृदयघात भएपछि अस्पतालमा उपचाररत शाहको स्वास्थ्यस्थिती नाजुक हुँदै गएको छ । दोस्रोपटक हृदयघातबाट ग्रस्त उनलाई यसअघि आईसियुमा उपचार गरिएको थियो तर पछि स्वास्थ्य स्थितिमा आशलाग्दो सुधार नआएपछि सिसियु (अति सघन उपचार कक्ष)मा सारिएको हो ।
डाक्टरका अनुसार उनको मुटुका चाल र रक्तचाप अझैसम्म स्थिर छ भने मस्तिस्कले पनि प्रतिक्रिया दिन सकीरहेको छैन । विरामी पारसको उपचारमा सुरुदेखि नै जुटेका व्यवसायी सुनिल खड्काका अनुसार बुधबार र बिहीबार दुई पटक गरिएको उनको टाउकाको सिटीस्क्यानबाट पनि सामान्य इन्फेक्सनबाहेक खासै गडबढी नदेखिएपछि थप उपचारका लागि एमआरआई गर्नुपर्ने आवश्यक भएको चिकित्सकहरुले जनाएका छन् ।


0 comments:
Post a Comment